कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छपाई सुरु

भक्तपुर, फागुन २९ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षाका लागि आजबाट प्रश्नपत्र छपाई सुरु भएको छ ।

परीक्षा बोर्डले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सानोठिमीको गोप्य कक्षमा प्रश्न पत्र छपाई सुरु भएको जानकारी दिएको छ । कक्षा १२ को परिक्षा आगामी वैशाख १४ गतेबाट सुरु हुने छ भने कक्षा ११ को परिक्षा वैैशाख ३१ गतेबाट सुरु हुने छ ।

परीक्षाका लागि देशभर १ हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

बोर्डले गएको वर्ष ९ सय ९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको थियो भने यस वर्ष ५७ वटा परीक्षा केन्द्र थप गरेको छ । आगामी परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले अनुमान गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 6:45 pm