एमालेले थाल्यो शुद्धिकरण अभियान, चुनावमा अन्तर्घात गर्नेलाई कारवाही

काठमाडौं, फागुन २९ । नेकपा एमालेले पार्टीमा अनुशासन हिनता बढ्दै गएको भन्दै शुद्धिकरण अभियान थाल्ने भएको छ । एमाले केन्द्रीय अनुशासन आयोगले गएको तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउनका निम्ति भूमिका खेल्ने नेता, कार्यकर्तालाई कारबाही गर्न र शुद्धिकरण गर्न माग गरेको हो ।
आयोगको मंगलबार बसेको बैठकले तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलापहरू, घात(अन्तरघातजस्ता अवाञ्छित कार्यहरूको यथासमयमा छानबिन भई कारबाही गर्न माग गरेको हो। आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले निर्वाचनमा घात(अन्तरघात गर्नेलाई हालसम्म कारबाही नगरिएको भन्दै ध्यानाकर्षण गराएको छ। ुअनेकौँ बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको छु(बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 3:44 pm