मंगलबार नेप्से बढे पनि कारोबार रकम भने घट्यो

काठमाडौं, फागुन २९ । साताको तेस्रो दिन मंगलबार भने नेप्से सामान्य बढेको छ । मंगलबार नेप्से परिसुचक ४ दशमलव ८९ अंकले बढेर १ हजार २ सय ८१ दशमलव ९० अंकको बिन्दुमा पुगेको छ ।

नेप्से बढे पनि शेयर बजारमा अत्यन्तै न्यून रकमको शेयर किनबेच भएको छ ।

तीव्र उतारचढाव भएको बजारमा मंगलबार १५६ कम्पनीको २३ करोड ७० लाख ३० हजार ३८७ रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सोमबार १५४ कम्पनीको ३१ करोड ३१ लाख ६५ हजार ९१६ रुपैयाँको खरिदबिक्री भएको थियो ।

 

यसदिन कारोबारमा आएका समूह मध्ये तिन समुह मात्र घटेको छन ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 3:21 pm