दबाबमा प्रधानन्यायाधीस, आठ न्यायाधीसले बहिस्कार गरे इजलास

काठमाडौं, फागुन २९ । सर्वोच्च अदालतका आठ जना न्यायाधीशले मंगलबारको इजलास बहिष्कार गर्ने निर्णय गरेका छन्।
प्रधान न्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादनबाट अलग हुन नमानेपछि मंगलबारका लागि तोकिएका कुनैपनि इजलासमा उनीहरु सहभागी भएका छैनन् ।

यसरी इजलास बहिष्कार गर्ने न्यायाधीशहरुमा हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, दीपकराज जोशी र प्रकाशसिंह राउत छन्।
उनीहरुले बहिस्कार भनेका छैनन्, इजलासमा नबस्ने निर्णय गरेका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबारका लागि ११ इजलास तोकेका थिए। तर, आठ जना न्यायधीस इजलास गएका छैनन् ।
सोमबार न्यायधीस चोलेन्द्रसम्शेर जवराले प्रधानन्यायाधीसको उमेर हद सकिएको भन्दै इजलास बहिस्कार गरेको वक्तव्य सार्वजनिक गरेका थिए । सोही कारण राणाको मंगलबा।को इजलास तोकिएको थिएन।

आठ न्यायाधीसले इजलास बहिस्कार गरेपनि अन्य भने जारी छ । प्रधानन्याधीश पराजुलीसहित न्यायाधीशहरू तेजबहादुर केसी, ओमप्रकाश मिश्र र डम्बरबहादुर शाही, दीपककुमार कार्की र टंक मोक्तान, केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी, मिरा खड्का र बमकुमार श्रेष्ठको इजलास बसिरहेको छ।
आठ न्यायधीसले इजलास बहिस्कार गरेपनि नेपाली न्यायिक इतिहासमा नयाँ घटनाक्रम विकास भएको छ । कतिपयले यसले दुरगामी प्रभाव परेको, न्यायालयमा राजनीति प्रवेश गरेको भनेर चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 2:43 pm