यौन हिंसा विरुद्ध पुल्चोक क्याम्पसमा प्रदर्शन !

ललितपुर, फागुन २९ । महिला यौन हिंसाका विरुद्ध पुल्चोकमा विद्यार्थीले प्रदर्शन गरेका छन् । मंगलबार पुल्चोक क्याम्पसका विद्यार्थीहरुको आयोजनामा यौन हिंसाका विरुद्ध प्रदर्शन भएको हो।

देशै भरि सुनिदै आइरहेको यौन हिंसाका घटनाहरुको विरुद्ध, पिडित पक्षको न्यायको निमित्त र दोषी उपर तत्काल कडा भन्दा कडा कारवाहीका लागि दबावमुलक कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रममा पुल्चोक क्याम्पसका करिब २५० विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रदर्शनको सुरुवात हिजो भर्खर भएको प्लेन दुर्घटनाका मृतकहरुको शोकमा मौन धारण गरी शुरु गरेका थिए । त्यसपछि सम्पूर्ण विद्यार्थीहरुबाट पुल्चोक क्याम्पस गेटबाट प्लेकार्ड प्रदर्शन गर्दै शान्तिपूर्ण र्याली आगाडि बढेको थियो । पुल्चोक क्याम्पसमै र्याली विसर्जन गरेको उक्त कार्यक्रममा राज्यका हरेक क्षेत्रका जनतामा शिक्षाको पहुँच र चेतनाको वृद्दिले नै यस्ता घटना सदाको लागि अन्त्य गर्न सकिने कुरा कलेजका पुर्व विद्यार्थी अमृत अधिकारीले बताए ।

नेपाल भित्र हुने कुनै पनि किसिमको सामाजिक, आर्थिक अथवा राजनैतिक विकृतिको विरुद्ध यो देश कै सबैभन्दा ठुलो इन्जिनियरिङ क्याम्पस सदैव फरक र प्रगतिशील ढंगले सम्बन्धित निकायहरुमा आफ्नो आवाज पुर्याउने छ भन्ने मन्तव्य राख्दै कोण सभा गरि कार्यक्रम समापन गरिएको थियो ।

 

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 1:32 pm