मेयर चौधरीलाई गोली हानेको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

काठमाडौं, फागुन २९ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाईगोली हानेको आरोपमा नेत्रबिक्रम चंद नेतृत्वको नेकपाका तीन बार्यकर्ता पक्राउ परेका छन् ।

मेयरमाथि गोलि प्रहार गरेको आशंकामा तीन जना विप्लवका कार्यकताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सोमबार साँझ आठ बजे नगरपालिकाको सुख्खड बजारस्थित आफ्नै निवासमा अज्ञात समूहले उनी चौधीमाथि खुकुरी र गोली एकैसाथ प्रहार गरेको थियो ।

यसअघि पनि नेकपाले राजीनामा माग गर्दै मेयर चौधरीमाथि कारवाही गर्ने विज्ञप्ती जारी गरेको थियो ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 11:41 am