सुनको मूल्य घट्यो

काठमाडौं, फागुन २९ । मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार बजारमा सुनको मूल्य ५७ हजार ६ सयमा कारोबार भएकोमा मंगलबार सुनको मूल्य घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । सोमबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ भने मंगलबार भने कुनै पनि परिवर्तन आएको छैन ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 11:25 am