बलात्कारीलाई ६ बर्ष कैद सजाय

मकवानपुर, फागुन २९ । मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ बर्ष कैद सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार कसेको इजलासले काठमाडौं सँगा घर भएका २६ बर्षका दिनेश अधिकारीलाई कैद सजाय तोकेको समाचार आजको कान्तिपुरको पृष्ठ ८ मा छापिएको छ ।

समाचारमा लेखिएको छ, १५ बर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ ।

अभियुक्तले बालिकालाई २०७३ मंसिर २४ गते हेटौंडास्थित एक होटलमा बलात्कार गरेका थिए ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 8:01 am