बैंकले कर्जा दिन छाडे

काठमाडौं, फागुन २९ । लगानीयोग्य पुँजी अभावमा बैंकले कर्जा दिन छाडेका छन् । २८ वाणिज्य बैंकमध्ये सरकारी लगानीका वाणिज्यबाहेक अरु सबैले कर्जा रोकेको अन्नपूर्णमा खबर छ ।

समाचार अनुसार नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तरलता अभावमा नयाँ र ठूला कर्जा प्रवाह रोकिएको जानकारी दिए ।

अहिले बैंकको कर्जा–पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशतभन्दा माथि छ । बैंकहरुले सीसीटी ८० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । ८० प्रतिशत सीसीडी रेसियो नघाउने जरिवाना तिर्नुपर्छ । यसले गर्दा बैंकले नयाँ कर्जा लगानी ठप्प पारेको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 7:39 am