‘बालकृष्ण ढुंगेल’ रिहा हुँदै

काठमाडौं, फागुन २९ । जेलमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई जेलबाट निकाल्न नेताहरुले सक्रियता बढाएका छन् ।

पूर्व सांसद समेत रहेका ढुंगेललाई चाँडोभन्दा चाँडो जेलबाट निकाल्ने प्रक्रिया अगाडि बढाउनका लागि नेताहरुले सक्रियता बढेकाे जनार्इएकाे छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ढुंगेलको रिहाईका लागि परामर्श गरेका बतार्इएकाे छ ।

गृहमन्त्री राम बहादुर थापा बादलले सम्बन्धित निकायसँग आवश्यक पहल समेत थालिसकेका बतार्इएकाे छ ।

जवाफमा प्रधानमन्त्री ओलीले पनि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताएका छन् । -उज्यालो नेपाल बाट

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 7:32 am