न्यायाधीशहरुले पराजुलीलाई भने – ‘तपाई हट्नुस्’

काठमाडौं, फागुन २९ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले जन्ममिति विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बहिर्गन को बाटो रोज्न सुझाव दिएका छन् ।

कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर राणाले दिएको आदेशपछि सर्वोच्चमा बसेको अनौपचारिक फुलकोट बैठकमा न्यायाधीशहरुले पराजुलीलाई तत्काल न्यायालयबाट अलग हुन सुझाव दिएका हुन् ।

केहीबाहेक हामी धेरैजसो अव तपाई न्यायापालिकाबाट अलग हुनु राम्रो हुन्छ भनेर स्पष्ट शब्दमा भनिसक्यौँ । यो भन्दा बढी के भन्नु ? आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 6:49 am