बाँच्छु भन्ने सोचेको थिइनँ : सहरिन अहमद

काठमाडौं, फागुन २९ । मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ । नेपाल घुम्ने रहर सानैदेखि थियो ।
सोमबार १२ : ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ । हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो ।

काठमाडौं विमानस्थलमा २ः ३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो । पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ ।
दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो ।

दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् । अचानज सबै कुरा भयो ।
जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका िथए । आजको नागरिकमा यो खबर छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /