घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि गोली प्रहार

काठमाडौं, फागुन २८ । कैलालीमा घटेको बोक्सी काण्डमा विवादित बनेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उपचारका लागि घोडाघोडी अस्पतालमा पु्र्‍याइएका उनलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मेयर चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चौधरीलाई घोडाघोडीमा केही दिन पहिले भएको बोक्सी काण्डमा दोषीको बचाउ गरेको आरोप छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 9:36 pm