विमान दुर्घटनामा ललितपुरका दुई जना परे

ललितपुर, फागुन २८ । बंगलादेशी विमान दुर्घटनामा ललितपुरका दुई जना परेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा पर्नेमा महालक्ष्मी नगरपालिका सिद्धिपुरका संजय महर्जन र ललितपुर महानगरपालिका सुवाहालका निगा महर्जन हुन् ।

उनीहरुको स्वास्थ्य अवस्था अज्ञात रहेको जनाइएको छ । पारिवारिक स्रोतका अनुसार उनीहरुको कुन अस्पतालमा उपचार भैरहेको हो सो को जानकारी नभएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ ।

घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको जानकारीमा आएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा ७१ जना सवार थिए । सो विमानमा ३३ जना नेपाली समेत सवार थिए ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /