हङकङले नेपाललाई दियो १५५ रनको लक्ष

काठमाडौं, फागुन २८ । एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपाल र हङकङबीचको खेल जारी छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा पूरै विकेट गुमाउर्दै १५४  रन बनाउन सफल भयो । नेपालले केही बेरमा १५५  रनको विजयी लक्ष्य पछ्याउदै जवाफी व्याटिङ गर्ने छ ।

आठौं विकेटको रुपमा हङकङका अइजा खानलाई सन्दीप लामिछानेले ३ रनमा आउट गरेका हुन् । यसअघि सातौ विकेटको रुपमा तनविर अफजाललाई बसन्त रेग्मीले आउट गरेका हुन् । छटौं विकेटको रुपमा हङकङका निजाकत खानलाई नेपालका ललित राजवंशीले ४७ रनमा आउट गरेका हुन् ।

नेपालले हङकङविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ।हङकङका सिमान्दीप सिंहलाई ज्ञानेन्द्र मल्ले रन आउट गराएका हुन् । यसअघि सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका थिए । उनले हङकङका सहिद वासिकलाई १ रनमा र अंशुमन रथलाई पनि १ रनमा आउट गराएका थिए ।

सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा हङकङका बाबर हायतलाई आउट गराएका थिए । उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका हायतलाई आउट गरेका थिए ।

हङकङको पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /