त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

काठमाडौं, फागुन २८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममायूएस बंगलाको विमान दुर्घटना भएको छ ।

रनवेमा चिप्लिएर विमान दुर्घटना भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ ।

उद्दार कार्य जारी छ । विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 2:46 pm