एमालेले ​राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने

काठमाडौं, फागुन २८ । एमालेले राष्ट्रियसभाको अध्यक्षका लागि गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने भएको छ ।

वाम गठबन्धनमा पद बाँडफाँड गर्दा राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको थियो । राष्ट्रियसभाको अध्यक्षमा एमालेले तिमिल्सिनालाई उम्मेदवार बनाउने भएको हो ।

उनले मबार नै संसद सचिवालयमा मनोनयन दर्ता गराउनेछन् । वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले उनी राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चितजस्तै छ । कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादी केन्द्रका १३–१३ तथा राजपा र संघीय समाजवादी फोरमका दुई दुईजना सांसद छन् ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /