​टस हारेर नेपाल फिल्डिङमा

काठमाडौं, फागुन २८ । विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

जिम्बाबेको बुलावायो मैदानमा हङकङ्गले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

सोमबारको खेल फराकिलो अन्तरले जिते नेपाल सुपरसिक्समा पुग्न सक्नेछ । सामान्य अन्तरले मात्र जिते एकदिवसीय मान्यता पाउने सम्भावना कायमै राख्नेछ ।

आजको खेल हारेको खण्डमा भने नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना यसपटकका लागि सकिनेछ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 1:20 pm