कसले गर्यो सोफियालाई २० लाखमा रात बिताउने प्रस्ताव ?

एजेन्सी, भारतीय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ की सहभागी भएकी सोफिया हायतलाई एक पुरुषले २० लाख रुपयाँमा एक रात बिताउन प्रस्ताव गरेका छन् । यो कुरा सोफियाले इन्स्टाग्राम मार्फत सार्बजनिक गरेकी हुन् । उनले म्यासेज पठाउने व्यक्तिलाई सबक सिकाउदै उक्त सन्देश इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

२० लाखमा एक रात भन्ने सन्देशको जवाफमा सोफियाले लेखेकी छिन् ‘मेरो इमानलाई २० लाख त के २० करोडमा पनि कसैले खरीद गर्न सक्दैन । तिमी के आफ्नी आमालाई खरीद गर्न सक्छौं ?’

सोफिया प्राय: सामाजिक सञ्जालमा बोल्ड तस्विर पोस्ट गर्ने गर्दछिन । केही दिनअघि मात्रै सोफियाले वेडरुम भिडियो पोस्ट गर्दै कण्डोमको प्रयोगबारे जानकारी दिएकी थिइन् भने उनले श्रीमानसँग बाथटबमा नुहाउदै गरेको तस्विर पनि पोस्ट गरेकी थिइन् ।

Replied

A post shared by Sofia Hayat (@sofiahayat) on

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 12:25 pm