यी हुन हकप्रद शेयर निष्काशन गर्ने कम्पनीहरु (सूचिसहित)

काठमाडौं, फागुन २८ । शेयर बजारमा विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको हकप्रद सेयर बिक्री भइरहेका छन् । केही कम्पनीहरु हकप्रद शेयर निष्काशनको तयारी गरिरहेका छन् ।

हकप्रद शेयर निष्काशन गरेका कम्पनीहरु
१. कर्णाली विकास बैंकः बैंकले १ बराबर २.२५ अनुपातमा अर्थात २२५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैंकको हकप्रदमा पुस १९ गतेसम्म कायम शेयरधनीले माघ ११ गतेदेखि चैत्र १ गतेसम्म शेयरमा आवेदन दिन सक्नेछन् । हाल १५ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद निष्कासनपश्चात पूँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यका ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँके तथा बैंकका अन्य शाखा कार्यालय र प्रभु बैंकका शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल र धनगढीबाट समेत आवेदन दिन सकिनेछ । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट पनि बैंकको हकप्रदमा आवेदन दिने सकिने बैंकले जनाएको छ ।

२. कामना सेवा विकास बैंकः बैंकले माघ १५ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले १० बराबर १.५ अनुपातमा अर्थात् १५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले १५ प्रतिशतले हुन आउने ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्कासन गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट पुस २३ गते स्विकृत पाएको थियो । यसैगरी इक्रा नेपालले बैंकले जारी गर्न लागेको हकप्रद शेयरका लागि ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्षलाई औसतभन्दा तल रहे पनि प्लस ग्रेडले सुधारत्मक स्थितिमा रहेको बुझाउँछ । बैंकले निष्कासन गर्न लागेको उक्त हकप्रद शेयरमा चैत्र ५ गतेसम्म आवेदन दिन सकिने छ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । चालू आवको पहिलो त्रैमामा रु. २ अर्ब ५ करोड ८२ लाख २१ हजार चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा रकम रु. ८३ करोड १० लाख ६० हजार रहेको छ । यस कम्पनीले रु. २० लाख खुद नाफ कमाएको छ । हकप्रद शेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।

३. नेको इन्स्योरेन्सः इस्योरेन्सको माघ २६ गते देखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । ईन्स्योरेन्सको हकप्रद चैत्र १ गतेभित्र भरिसक्नु पर्ने कम्पनीले जनाएको छ । कम्पनीले २ः१ अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यको ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन् । नेकोको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यस्तै, आस्वा सेवा प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ ।

४. सिद्धार्थ बैंकः बैककले फागुन २ गतेदेखि १० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ६८ लाख २६ हजार ११७.१९ कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद चैत ६ गतेसम्म भर्न पाइनेछ । माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा सिद्धार्थ बैंकको मुख्य कार्यालयसहित अधिकांश शाखाबाट पनि हकप्रद भर्न पाइनेछ । त्यसैगरी, सिद्धार्थ क्यापटिल लिमिटेड तथा आस्वा सदस्य बैंकहरु र तिनका शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । बैंकले चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजार रुपैयाँको १० प्रतिशत हकप्रद निष्कासन गरेको हो । १०५ हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड ८७ लाख २८ हजार ८७० रुपैयाँ पुग्नेछ । सिद्धार्थ बैंकले १०५ हकप्रदको कल इन एड्भान्सलाई समेत जोडेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ अर्ब ५ करोड ६५ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी देखाएको छ । यस्तै, बैंकले गत वर्षको कमाईबाट १४५ बोनस वापत ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ पनि वितरण गर्दैछ । सिद्धार्थले चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।

५. एशियन लाइफ इन्स्योरेन्स कम्पनीः यस कम्पनीको हकप्रदको बिक्री फागुन १३ गते आइतवारदेखि विक्री खुल्ला भएको छ । एसियन लाईफले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६.२० कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । बीमा समितिको निर्देशन बमोजिम २ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका शेयरधनीले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । हकप्रद शेयरमा फागुन १३ गते देखि चैत्र १८ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । एशियन लाइफ इन्स्योरेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका शेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

६. फस्र्ट माइक्रोफाइनान्सः माइक्रोफाइनान्सको फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर चैत २३ गतेसम्म भर्न पाइनेछ । फस्र्टको हकप्रदमा माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं तथा फस्र्ट माइक्रोफाइनान्सको ज्ञानेश्वर काठमाडौं र उर्लाबारी मोरङ तथा भरतपुर चितवनबाट पनि सेयर भर्न सकिनेछ । त्यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल फर्स्टको चुक्ता पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

७. सूर्योदय लघुवित्त वित्तीय संस्थाः यस लघुवित्तले फागुन २४ गतेदेखि ७० प्रतिशत हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले १ः०.७ अनुपातमा १०० रुपैयाँ दरको २ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद भर्ने अन्तिम म्याद भने चैत २८ गते तोकिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दैछ । सूर्योदयले यसअघि १९५ बोनस सेयर वितरण गरिसकेको छ । कम्पनीले बोनसपछि कायम भएको ४ करोड रुपैयाँ चुक्ता पुँजीबाट २ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । यो हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ६ करोड ८० लाख रुपैयाँ पुग्नेछ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, काठमाडौं तथा सूर्योदयको रजिष्टर्ड कार्यालय स्याङ्जालगायत पर्वत, गुल्मी, लमजुङ र प्युठान शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।

८. प्राइम लाईफ इन्स्योरेन्सः यस इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद शेयरको बिक्री फागुन २७ गतेदेखि निष्कासन भएको छ । फागुन २७ गतेदेखि २०७५ वैशाख २ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गतेदेखि शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । यसर्थ कम्पनीको १६० प्रतिशत हकप्रद प्राप्त गर्नका लागि फागुन १६ गतेसम्म शेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा तल रहेको जनाउछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ । प्राइम लाईफ इन्स्योरेन्सको हकप्रदमा प्राइम लाईफ इन्स्योरेन्स लिमिटेड काठमाडौं र यसका सम्पूर्ण शाखा कार्यालय, सिद्वार्थ क्यापिटल लिमिटेड नारायाणचौर नक्साल तथा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हकप्रदको तयारीमा रहेका कम्पनीहरु
१. मञ्जुश्री फाइनान्स लिमिटेडः फाइनान्सले आगामी चैत ८ गतेदेखि १०० बराबर ५ को अनुपात अर्थात् ५ प्रतिशत हकप्रद सेयरको निस्कासन गर्ने भएको छ । फाइनान्सले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ६२ हजार १ सय ९० कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । इच्छुक सेयरधनीले बैशाख १२ गतेसम्म खरीदका लागि आवेदन दिइसक्नुुपर्नेछ । कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ । इच्छुक सेयरधनीले एनआइबिएल एस क्यापिटलको लाजिम्पाटस्थित मुख्य कार्यालय, मञ्जुश्री फाइनान्स लिमिटेडको बानेश्वरस्थित कार्यालय र सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् । हाल मञ्जुश्रीको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्री गरिसकेपछि चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ९५० रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 8:07 am