३८औँ व्यक्ति, ६२औँ प्रधानमन्त्री ओलीको पक्षमा २०८ सांसद

kp oli

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी ओलीको पक्षमा २०८ सांसदकाे मत परेको छ । उनले आजको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिएका हुन् । जम्मा उपस्थित २६८ सांसद मध्ये उनको पक्षमा २०८ मत परेको छ भने विपक्षमा ६० मत रहेकाे छ ।

अाेलीको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपालसँगै अन्य केही स्वतन्त्र सांसदहरुलेसमेत मतदान गरेका थिए ।

गत ३ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीकोरुपमा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । संसदको पहिलो बैठक बसेको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान थियाे ।

२११ वर्ष : ३८औँ व्यक्ति, ६२औँ प्रधानमन्त्री
नेपालको राजनीतिक इतिहासले भीमसेन थापालाई पहिलो प्रधानमन्त्री मान्दछ । उनी वि.सं. १८६३ मा मुख्तियार (अहिलेको प्रधानमन्त्रीसरह)को पदमा नियुक्त भएका थिए । त्यसयता वि.सं. १९०३ सम्म ६ जना प्रधानमन्त्री भए । १९०३ मा जंगबहादुर प्रधानमन्त्री भएपछि १०४ वर्षीय राणा शासनमा थप ९ जना प्रधानमन्त्री भए । ००७ मा प्रजातन्त्र स्थापित भएपछि ०४६ सम्म १२ जना प्रधानमन्त्री भए भने ०४६ यता १० जना नेता प्रधानमन्त्री भए । यसरी जम्मा ३८ जना प्रधानमन्त्री भए पनि पटकपटक दोहोरिँदा ६२ पटक शपथ लिएका छन् । यसरी ओली प्रधानमन्त्रीको कुर्सीमा बस्ने ३८औँ व्यक्ति र ६२औँ सरकार प्रमुख हुन् ।(नयाँ पत्रिका )

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 6:14 am