लामाको नेतृत्वमा फोनिज ललितपुर

ललितपुर, फागुन २७ । बुद्ध योञ्जन लामाले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नेतृत्व गरेका छन् । आइतबार भएको फोनिजको चौथो अधिवेशनले उनलाई अध्यक्षको नेतृत्व दिएको हो ।

उक्त अधिवेशनले उपाध्यक्षमा लक्ष्मी रुम्बा, सचिवमा सञ्ज श्रेष्ठ, सहसचिवमा सम्झना श्रेष्ठ, कोषाध्यक्षमा सुनिता बटाजु र सदस्यहरुमा विद्या लिम्बु, सुशिला थापा मगर, शुभ प्रताव राई, सुरेश तामाङ, सरस्वती योञ्जन, प्रकाश थिङ निर्वाचित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ थिए भने उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 8:22 pm