जव स्थानीयले नै सडक बन्द गराए…

ललितपुर, फागुन २७ । चापागाउँदोबाटो–खुमलटारको खडक नबनाएपछि स्थानीय बासिन्दा आइतबार सडकमा उत्रिए ।

पटक–पटक उक्त सडकखण्ड बनाउन डिभिजन सडक कार्यालयलाई अनुरोध गर्दा पनि नबनाएपछि सडकमा उत्रिएको संघर्ष समितिका संयोजक हिमाल राईले दैनिकीन्युजलाई बताए । आइतबार विहान ७ः३० देखि ९ः०० बजेसम्म सडक बन्द गराएका थिए ।

उक्त बन्दको समर्थनमा वडा नं. १४ र १५ का वडाअध्यक्ष, सो क्षेत्रका १८ वटा टोलसुधार समिति र प्रदेश सांसद राजकाजी महर्जनले समेत समर्थन गरेका थिए ।

चक्रपथसँग जोडिएको सडकमा काम युनाइटेड बिल्डर्सले लथालिंग छोडिदिदा यात्रु मात्र नभई स्थानीय जनता र व्यवसायीसमेत मारमा छन् ।
आइतबार संघर्ष समिति र जिल्ला प्रशासन कार्यालय बीच सोमबारदेखि काम शुचारु गर्ने सहमति भएको संघर्ष समितिका संयोजक हिमाल राईले बताए।

दैनिकजसो स्थानीयवासीले उक्त सडक निर्माणमा गरि दिन डिभिजन सडक कार्यालयमा गुनासोसमेत गरेका छन् ।
तर गुनासो कतैबाट पनि सम्बोधन नभएपछि स्थानीय बासिन्दाहरु आक्रोशित बनेका हुन् । स्थानीय जनताहरु उक्त सडक खण्डमा विगत १५ महिनादेखि धुलो उडाउँदै हिड्न बाध्य छन् ।

यो पनि पढ्नुहोस  >>>

आइतबार चापागाउँदोबाटो –खुमलटार सडक खण्ड बन्द !

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 3:58 pm