गण्डकी बैङ्कले गर्यो लाभांश प्रस्ताव

काठमाडौं, फागुन २७ । गण्डकी विकास बैङ्कले १९ दशमलव ३१०६ प्रतिशत बोनस शेयर वितरण गर्ने आइतबार प्रस्ताव गरेको छ ।

बैङकको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सो प्रस्ताव नेपाल राष्ट्र बैङ्क र बैङ्कको आगामी ११ औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

बैङ्कले हकप्रद शेयर जारी गरेर विक्री नभएको हकप्रद शेयर लिलाम गरी प्राप्त हुने पूँजीबाट लाभांश दिन लागेको हो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 3:15 pm