आइतबार ८ कम्पनीको शेयर नेप्सेमा सुचीकृत

काठमाडौं, फागुन २७ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा ८ वटा कम्पनीको शेयर सुचीकृत भएको छ । सूचिकृत हुनेमा तीन लघुवित्त कम्पनी, दुई विकास बैंकसहित आठ कम्पनीको शेयर सुचीकृत भएको हो ।

शेयर सुचीकृत हुनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त, कैलाश विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो, वरुण हाइड्रो र गुहेश्वरी मर्चेन्ट रहेका छन् । यी कम्पनीको १ करोड ३ लाख ४२ हजार ४ सय २० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार कित्ता, गुहेश्वरी मर्चेन्ट बैङ्किङ्ग एण्ड फाइनान्सको १० लाख ९१ हजार २ सय ४९ दशमलव ३१ कित्ता, कैलाश विकास बैङ्कको २२ लाख ९१ हजार ४ सय ८८ कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १ लाख १३ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ लाख ७४ हजार ९ सय ९६ दशमलव ८० कित्ता, बरुण हाइड्रोपावर कम्पनीको १ लाख २१ हजार ५ सय कित्ता, एक्सेल डेभलपमेण्ट बैङ्कको ११ लाख ५८ हजार ३ सय २ दशमलव २५ कित्ता र चिलिमे हाइड्रोपावर कम्पनीको ५१ लाख ७१ हजार ८ सय ८६ दशमलव ७२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

अब यो शेयर लगानीकर्ताहरुले खरीद विक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 3:09 pm