आइतबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, फागुन २७ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

शुक्रबार सुनको मूल्य ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार सुनको मूल्य ३ सय रुपैयाँले बढेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

शुक्रबार चाँदीको मूल्य ७ सय ४० रुपैयामा कारोबार भएकोमा आइतबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /