सभामुख महराले लिए शपथ

काठमाडौं, फागुन २७। सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयता शपथ लिएका हुन् ।

महरा शनिबार सर्वसहमत सभामुखमा निर्वाचित भएका थिए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महरालाई प्रमुख प्रतिपक्षी कांग्रेसले समेत समर्थन गरेको थियो ।

शपथपछि महराले पदभार ग्रहण गरेका छन् । महराको अध्यक्षमा आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /