३ नं. प्रदेशका मुख्य मन्त्री पौडेल ललितपुर आउँदै, बनाउलान त ललितपुरलाई राजधानी ?

ललितपुर, फागुन २७ । ३ नं. प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल ललितपुर आउने भएका छन् । गोदावरी नगरपालिकाको स्थापना दिवसको सम्बोधन गर्नको लागि ललितपुर आउन लागेका हुन् ।

तर उनले नगरपालिकाको मात्र सम्बोधन नगरी अहिले पेचिलो बन्दे गएको ३ नं. प्रदेशको राजधानीको बारेमा पनि सम्बोधन गर्ने बताइएको छ । लामो समयदेखि ३ नंं प्रदेशको राजधानी कहाँ हुने भन्ने विवाद रहेको छ । कसैले बनेपा हुनुपर्ने बताइरहेका छन् भने कसैले ललितपुर हुनु पर्ने माग गरेका छन् ।

शेर बहादुर देउवा नेतृत्वको सरकारमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अस्थायी राजधानीको रुपमा ३ नंं प्रदेशको राजधानी हेटौडा लगेपछि यसबारे अनेक टिका टिप्पणी भैरहेको छ । हेटौडा अपायक पर्ने भनेर रसुवा, नुवाकोट, दोलखा, रामेछाप, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुबाट विरोध भैरहेको छ ।

डोरमणि आफै पनि मकवानपुरका भएका कारणले स्थायी राजधानी हेडौटा हुने हो की भन्ने चिन्ता भैरहेको बेला पौडेलले सम्बोधन गर्न लागेको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
१३ वटा जिल्लामध्ये प्रदेश नं. ३ को राजधानी ललितपुर उपयुक्त हुने एक थरीले सुझाव दिएका छन् । यो विषयमा आज मुख्य मन्त्री पौडेलले सम्बोधन गर्ने बताइएको छ । बाम वठबन्धनको साझा उम्मेदवारको रुपमा प्रदेश नं. ३ का मुख्य मन्त्री बनेका पौडेलले गठन गरेको मन्त्रीपरिषद्मा राजधानीको बारेमा अहिले बहस भैरहेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 6:15 am