प्रधानमन्त्री ओलीको स्वकीय सचिवमा बज्राचार्य र सञ्चारविज्ञमा बजगाई नियुक्त

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयपछि सचिवालयमा दुई सदस्य नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सञ्चारविज्ञमा पत्रकार रामशरण बजगाई नियुक्त र स्वकीय सचिवमा राजेश बज्राचार्य शनिबार नियुक्त गरेका छन् ।

सञ्चारविज्ञ भनेर नियुक्त गरिएका बजगाई ‘चक्रपथ’का सम्पादक हुन् । बजगाई करीब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

त्यस्तै स्वकीय सचिवमा नियुक्त भएका राजेश बज्राचार्य ओलीको सचिवालयमा लामो समयदेखि कार्यरत छन् ।

बज्राचार्य यसअघि ओली प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव थिए । ओली यसअघि नै प्रमुख सल्लाहकारमा एमाले पोलिटव्यूरो सदस्य बिष्णु रिमाललाई नियुक्त गरिसकेका छन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /