विश्वकप छनौटमा नेपाल यसरी पुग्न सक्छ सुपर सिक्समा !

काठमाडौं, फागुन २६। सुपरसिक्समा पुग्नको लागि जित्नैपर्ने खेलमा पराजित हुँदा नेपाल आइसिसी विश्वकप छनोट प्रतियोगिताका सुपर सिक्स नतिजा गणितीय भएको छ ।
विश्वकप छनोटको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८ बल बाँकी छदै पूरा गर्‍यो। विश्वकप छनोटको समूह बी मा रहेको नेपालले तीन खेलमा एउटामा पनि जीत निकाल्न सकेन। अब नेपालले सुपर सिक्समा पुग्नका लागि हङकङसँग ठूलो अन्तरले जीत निकाल्नुपर्ने हुन्छ।

अफगानिस्तानले समूहका सबै खेल खेलिसकेको छ र उसले नेपाललाई जितेको छ। अब हङकङ जारी खेलमा जिम्बावेसँग पराजय हुन  पुगेको छ। उक्त खेलमा हङकङ पराजय भए र नेपालले हङकङलाई राम्रो रनरेटसहित पराजय गरेमात्र नेपालको सुपर सिक्स यात्रा तय हुनेछ।

त्यसो हुन नसकेमा नेपालको सुपर सिक्स सम्भावना समाप्त हुनेछ।

pic credit : AP

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 8:37 pm