प्रधानमन्त्री ओलीलाई राप्रपाको पनि समर्थन

काठमाडौं, फागुन २६ । कमल थापा नेतृत्वकाे राप्रपाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ ।

राष्ट्रियता र प्रजातन्त्रको सम्वद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार संसद्मा विश्वासको मत लिँदैछन् । उनलाई माओवादी, संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतका राजनीतिक दलले समर्थन गर्ने जानकारी गराइसकेका छन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 8:33 pm