नेपालले अफगानिस्तानलाई दियो १ सय ९५ रनको लक्ष्य

फाइल फोटो

फागुन २६ । विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको छ । नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको छ ।

खेलमा नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साहलाई चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानले एलबीडब्ल्यू आउट गरे ।

त्यसपछि आएका कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका थिए ।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरे ।

चौथो विकेटका रुपमा रोहितकुमार पौडेल एक रनमै आउट भए ।

पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाएर आउट भए ।

नेपालको छैटौं र सातौं विकेटको रुपमा आरिफ सेख र सोमपाल कामी आउट भए । ३६ बलमा ३ चौकासहित २३ रन बनाएका आरिफ आउट भए लगत्तै सोमपाल कामी पनि ९ रनमा आउट भए । उनीहरु दुबैजनालाई मोहम्मद नाबीले आउट गरेका हुन ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 4:40 pm