किन परेनन् अलराउण्डर शरद भेसावकर आज प्लेइङ ११ मा

काठमाडौं, फागुन २६ । विश्वकप छनोट अन्तर्गत नेपालको तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तान संग खेल्दै छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ ।

आज ओपनर दिलिप नाथको स्थानमा अनिल साहले ओपनिङ गरेका छन् । त्यस्तै अलराउण्डर शरद भेसावकरले माङ्शपेसीको चोटका कारण आजको खेल खेल्न नसक्ने आज उनी प्लेइङ ११ मा परेका छैनन् ।

उनको ठाउँमा तिब्र गतिका बलर करण केसीले टिममा स्थान बनाएका छन् । त्यस्तै नेपालको तर्फबाट आज विकेट किपरको भूमिका अनिल साहले निर्वाह गर्नेछन ।

नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल, अनिल साह,(९विकेट किपर), पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 2:40 pm