चन्दनपुरको नमनडाडामा कबिता प्रतियोगिता सम्पन्न

ललितपुर, फागुन २६ । अन्तर्राष्ट्रिय १०८ औ महिला दिबसको अवसरमा ललितपुरको महाकाल गाउँपालिका वडा न. ५ चन्दनपुर, नमनडाडास्थित सरस्वती विद्याश्रम मा.बिको सभा हलमा वडा स्तरिय नारी बिषयक खुल्ला महिला कबिता प्रतियोगिता महिला शक्ति बिकास केन्द्रले शुक्रबार आयोजना गरेको थियो ।

कबिता प्रतियोगितामा ९ जना महिला कबियत्रीहरुले भाग लिएको प्रतियोगितामा गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष एबम प्रमुख अतिथि खोमप्रसाद दहालले कबिता प्रतियोगिताले महिलाको क्षमता बृद्धिमा बल पुग्ने, जागरण ल्याउने, यस्ता सभा समारोहहरु व्यापक रुपमा हुनुपर्ने बताएका छन् ।

प्रमुख अतिथि एबम वडा अध्यक्ष दाहालले खुल्ला महिला कबिता प्रतियोगितामा बिजयी सम्झना वाईबा तामाङ प्रथम, कन्चन के.सि. द्वितिय, निर्मला थोकर तामाङ तृतिय र सपना तिमल्सिना सान्त्वनालाई टीका, करुवा पुरस्कार बितरण गरेका थिए ।

महिला खुल्ला कबिता प्रतियोगिताको प्रतिस्पर्धीहरुको छनोट रामसुन्दर के.सि.को संयोजकत्वमा शिबप्रसाद घिमिरे र मसलिमाया ग्लान तामाङ रहेको निर्णायक समितिले छनोट गरेको आधारमा पुरस्कृत गरिएको महिला शक्ति बिकास केन्द्रका कार्यक्रम ब्यवस्थापक रेणु कार्कीले जनाएकी छिन ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 2:11 pm