नेपालले ब्याटिङ रोज्यो

काठमाडौं, फागुन २६ । विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ ।

प्रतियोगितामा नेपाल र अफगानिस्तान दुबै पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका ३ खेलमा पराजित भएको अफगानिस्तानका लागि सुपर सिक्समा स्थान बनाउन शनिवारको खेल जित्नैपर्ने दबाव रहेको छ ।

यता नेपालका लागि यो तेस्रो खेल हो र नेपालले यसअघिका दुई खेलमा जिम्बावे र स्कटल्याण्डसँग पराजित भएको छ ।

नेपालले अफगानिस्तानलाई एकदिवशीय क्रिकेटमा एकपटक मात्र हराउन सकेको छ । सन् २००४ को एसीसी ट्रफीमा नेपालले अफगानिस्तानलाई हराएको थियो । त्यसयताका ६ भेटमा अफगानी टोली विजयी हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 1:23 pm