राजविराजमा भीषण आगलागी

सांकेतिक तस्बिर

सप्तरी, फागुन २६ । सप्तरीको राजविराज बजारमा शनिवार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट एउटा चार तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ ।

राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान करिब साढे २ बजे आगलागी सुरु भएको थियो ।

विद्युत सर्ट भएर सुरु भएको आगलागी राजविराज, शम्भुनाथ, लहान र इनरुवाबाट आएको दमकलले बिहान करिब साढे ६ बजे नियन्त्रणमा लिएको थियो । घर मालिक खातुनले भने अरु कसैले घरमा आगो लगाइदिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /