महाँंकाल गाउपालिकाले महिला दिवस मनायो

ललितपुर । ललितपुरको दक्षिण भेगमा पर्ने महाकाल गाउँपालिकाले १०८ औ अन्तर्राष्ट्रिय महिला दिबस समारोह समिति गोटिखेलले बिबिध कार्यक्रम आयोजना गरि गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालको प्रमुख आतिथ्यमा फागुन २४ का दिन समारोह गरेको छ ।

आधा आकाश ढाकेर रहेका तमाम महिलाहरुको बिबिध पक्षलाई अगाडि बढाउन तयार रहेको बताउदै सो अवसरमा प्रमुख अतिथि एबं गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, प्रशासकिय अधिकृत राजन थापा, महिला तथा बालबालिका कार्यालय गोटिखेल प्रमुख मनिला पोखरेल, महाकाल ३, ५ र ६ नम्बर वडाका वर्डाअध्यक्ष क्रमश गङगाराम तिमल्सिना, खोमप्रसाद दहाल, रामकृष्ण आचार्यले महाकाल गाउँ पालिकाभित्रका जेष्ठ बृद्ध महिला, एकल, उत्कृष्ट छात्रा, सङघ सस्था, महिला सहकारी सस्थाहरुलाई सम्मान पत्र, दोसल्ला प्रदान गरेर सम्मानित गरेका थिए ।

महाकाल (२ का वडा सदस्य उर्मिला तिमल्सिनाले स्वागत गरेको समारोहमा संस्थातर्फ सल्भ नेपाल, महिला उद्यमी महासङ्घ, महिला शक्ति बिकास केन्द्र, रिकोर्ड नेपाल, भ्वाईस अफ चिल्ड्रेन, सिडिओ नेपाल, महिला सहकारी सस्थातर्फ अभिप्रेरित कृषि महिला सहकारी संस्था बुखेल, जनज्योती कृषि महिला सहकारी संस्था मानिखेल, महिला सहकारी संस्था गोटिखेल, नारी बिकास सहकारी संस्था कालेश्वर, हरिततारा महिला सहकारी संस्था चन्दनपुर, मित्रता महिला सहकारी सस्था ठुलादुर्लुङलाई सम्मान तथा दोसल्ला प्रदान गरिएको थियो ।

गाउँपालिका भित्र रहेका ९० बर्ष भन्दा माथिका ज्येष्ठ महिला शान्तकुमारी तिमल्सिना बुखेल, रुम्बाकुमारी गोतामे, बिबिलक्ष्मी सिङगार तामाङ मानिखेल, बुद्धिलक्ष्मी थोकर तामाङ, खगमाई हुमागाई गोटिखेल, ठुलिमाया वाईबा तामाङ कालेश्वर, फुलमाया वाईबा, सन्तमाया वाईबा तामाङ चन्दनपुर, बास्नामाया डिम्डुङ तामाङ, गङगामाई तिमल्सिना ठुलादुर्लुङ र एकल महिला तर्फ कृयाशिल निर्मला तिमल्सिना, सरस्वती घिमिरे बुखेल, देबिमाया बम्जन तामाङ मानिखेल, तेजकुमारी घिमिरे गोटिखेल, भवानी दहाल, तारादेबी तिमल्सिना कालेश्वर, पम्फा तिमल्सिना, कृष्णकुमारी घिमिरेलाई सम्मान, दोसल्ला सहित सम्मानित गरिएको छ ।

गाउँपालिकास्तरिय उत्कृष्ट छात्रातर्फ कालिदेबी मा बि बुखेल ईन्दिरा तिमल्सिना, बुद्धभगवान मा बि मानिखेल अङकिता तिमल्सिना, महाकाल मा बि गोटिखेल कन्चन घिमिरे, बाघभैरब मा बि कालेश्वर अस्मिता दहाल, सरस्वती आधारभुत विद्यालय चन्दनपुर मिङमा देक्षेन लोप्चन तामाङ चन्दनपुर, श्री ५ महेन्द्र मा बि ठुलादुर्लुङ बिपिना ढुङगानालाई सम्मान, दोसल्ला र टिकाबाट प्रमुख अतिथी, विशेष अतिथी, अतिथिले पुरस्कृत गरेका थिए ।

समारोहको बिच बिचमा कबिता, गित महिला प्रतिभाले बाचन गरेको समारोहमा सञ्चालन सुमित्रा के.सि.ले गरेको समारोहमा गोटिखेल बजारमा नारा, प्लेकार्ड सहित र्याली गरिएको थियो ।

समारोह गाउँपालिका उपाध्यक्ष कमला तामाङको सभाअध्यक्षतामा सम्पन्न समारोहमा महिला अधिकारकर्मी, सङ्घ सस्थाका प्रमुख, जनप्रतिनिधिहरु, समाजसेबी, प्रहरी, पत्रकारहरुको सहभागिता रहेको समारोह नेपालमा विभिन्न स्थानमा आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जिबनस्तर रुपान्तरण भन्ने नाराका साथ १०८ औ अन्तर्रा्ष्ट्रिय महिला दिबस नेपालमा पनि भब्यताकासाथ मनाएको छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ /Saturday, March 10th, 2018, 6:40 am