नब्बे वर्ष पुगेका सैनिकलाई मासिक भत्ता दिने सेनाको घोषणा !

काठमाडौं, फागुन २५ । नेपाली सेनाले सय वर्षभन्दा माथिका भूतपूर्व सैनिकलाई मासिक १० हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ।
शुक्रबार पूर्वी पृतनामा मोरङ, सुनसरी, झापा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका भूपू सैनिक सैनिक सम्मलेनको समापन कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उक्त घोषणा गरेका हुन्।
२०७४ माघ महिनाबाट लागू हुने गरी सैनिक कल्याणकारी कोषबाट ९० वर्षदेखि ९९ वर्षसम्म उमेर पुगेका भूतपूर्व सैनिकलाई पूर्व शताब्दी मासिक भत्ता तीन हजार रुपैयाँ र ९९ वर्षमाथिकालाई शताब्दी मासिक भत्ता १० हजार रुपैयाँ दिने निर्णय भएको उनले जानकारी दिए।

यस वर्ष भूपू सैनिक सम्मेलनको मुख्य नारा नै शिक्षा, स्वास्थ्य र स्वरोजगार राखिएको र यसका लागि लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /Friday, March 9th, 2018, 8:59 pm