अनसन बसेका रेशम चौधरी अस्पताल भर्ना

कैलाली, फागुन २५ ।तीनबुँदे माग राख्दै बिगत छ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पतालमा भर्ना भएका छन् ।

रेशम चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको छ ।

जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टले विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको बताए ।

टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुले आइतबारदेखि अनसन थालेका थिए । उनीहरुले कैलाली १ का सांसद समते रहेका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग अघि सारेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /