प्रदेश ४ का मुख्यमन्त्री गुरुङले पाए विश्वासको मत

पोखरा,फागुन २५ । प्रदेश ४ का मुख्यमन्त्री विजयसुब्बा गुरुङले विश्वासको मत पाएका छन् ।

शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा दुई तिहाई अर्थात ४१ मत परेको छ ।

सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् भने कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /