नेपाल भारत सीमा बन्द हुने

सांकेतिक तस्बिर

मोरङ, फागुन २५ । नेपाल भारत सीमा ४८ घण्टा बन्द हुने भएको छ । भारतको अररिया जिल्लामा हुने चुनावलाई लछित गरि नेपाल-भारत सीमा ४८ घण्टा सिल हुने भएको हो ।

दोहोरो सुरक्षा अधिकारीहरुबीच भएको सहमतिपछि आज साँझ ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म सिमा सील हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

नेपाल तर्फको सीमा बन्द भएपछि आवत जावतमा पूर्ण बन्देज हुनेछ ।

यदी कुनै कारणले आवत जावत गर्न परेमा आपत्कालिन पासका लागि स्थानीय प्रशासनको अनुमति लिएर सीमा क्षेत्रबाट आवत जावत गर्न सकिने छ ।

भारतसंग मोरङ जिल्लाको कुल ६२ किलो मिटर सिमाना जोडिएको छ ।

नेपाल र भारतको संयुक्त सुरक्षाको बैठकद्वारा नेपालमा चुनाव हुँदा भारतले सहयोग गर्दै आएको छ भने भारतमा चुनाव हुँदा नेपालले सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /Friday, March 9th, 2018, 2:58 pm