सभामुखमा महरा निर्विरोध

काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सभामुखमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको थियो ।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्र्रतिबद्ध भएर लाग्ने बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /