शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं, फागुन २५ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँले कारोबार भएकोमा शुक्रबार सुनको मूल्य घटेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार चाँदीको मूल्य घटेर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /Friday, March 9th, 2018, 11:33 am