शुक्रवार सभामुखको उम्मेदवारी दर्ता, यस्तो छ वाम गठबन्धनको तयारी

काठमाडौं, फागुन २५ । संघीय संसद भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सभामुखको उम्मेदवारी दिर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली १ः३० बजे प्रकाशन गरिनेछ ।

सभामुखको चुनाव शनिबार १ बजे शुरु हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । सभामुखका लागि वाम गठबन्धनबाट माओवादी नेता कृष्णबहादुर महरालाई उठाउने तयारी रहेको छ ।

राष्ट्रपतिमा वाम गठबन्धनविरुद्ध उम्मेदवार उठाएको कांग्रेसले सभामुखमा भने केही निर्णय गरिसकेको छैन । गणितीय हिसाबले बलियो रहेकाले वाम गठबन्धनको उम्मेदवार विजयी हुने निश्चित छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ /