महजोडीको ‘सत्रू गते’को ट्रेलर सार्बजनिक

काठमाडौं, फागुन १८ । महजोडीद्वारा निर्मित बहुप्रतिक्षित फिल्म ‘सत्रू गते’ को ट्रेलर रिलिज भएको छ । चलचित्रको निर्देशन ‘जात्रा’ बाट ख्याति कमाएका प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ ।

सिनेमा प्रदर्शन हुनुभन्दा २० दिन अगाडि शुक्रबार पुल्चोकको ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमामा मुख्य कलाकारहरुलाई देख्न सकिन्छ ।

ट्रेलरमा अनिभेत्री प्रियंका कार्की प्रहरीको भूमिकामा र आँचल शर्मा नर्सको भूमिकामा रहेको देखिन्छ ।

शत्रुहरुलाई पराजय गर्ने विशेष एकदिनलाई मुख्य विषय बनाईएको सिनेमा ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

महसञ्चारको निर्माण यो सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्र आगामी चैत्र ९ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १८, २०७४ /Friday, March 2nd, 2018, 4:56 pm