सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

काठमाडौं, फागुन १८ । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

नेकपा विप्लव माओवादीको चेतावनीका कारण ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको बताएकाे छ।

भारतीय सुपर स्टार सलमान खानले नेपाल नआउने सन्देश पठाएपछि आयोजकले शाे रद्द गरेकाे हो ।

खानको ‘दबंग द टुर’ १० मार्च अर्थात् फागुन २६ गते काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने उक्त शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको बताइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १८, २०७४ /Friday, March 2nd, 2018, 1:10 pm