एनसेलको डाटा प्याकमा नयाँ योजना

काठमाडौं, फागुन १७ । एनसेलले डाटा प्याकमा नयाँ योजना ल्याएको छ। नयाँ योजना अन्तर्गत एनसेलले इन्टरनेट चलाउन एक घन्टाका लागि २० रुपैयाँ तोकेको छ।

‘अब चाहेजति इन्टरनेट चलाउन सकिन्छ,’ एनसेलले भनेको छ, ‘ग्राहकहरुलाई इन्टरनेटको सुविधा दिन नयाँ योजना ल्याएका हौं ।’ नयाँ योजना प्रयोग गर्नका लागि *१७११४# डायल गरी २ रोज्ने वा U लेखेर १७११४ मा एसएमएस गर्न सकिने छ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १७, २०७४ /Thursday, March 1st, 2018, 3:42 pm