स्वास्थ्यकर्मीको लापरबाही – गर्भवतीलाई जुकाको औषधि !

बेनी, फागुन १५ । जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो ।

गर्भवती जाँ कक्षमा कार्यरत पव्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् ।

दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आईरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो । आजको कान्तिपुरमा यो खबर छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १५, २०७४ /Tuesday, February 27th, 2018, 7:33 am