गायक दाहालको पातली पातली बजारमा

काठमाडौं, फागुन १० । संगीत क्षेत्रमा आफ्नै छुटै पहिचान बनाइसकेका नुवाकोटका एक गायक तथा सर्जक पुरुषोत्तम दाहालको पातली पातली नामको एल्बम बजारमा आएको छ ।

मामा भान्जा म्युजिक प्रा.लि.ले बजारमा ल्याएको उक्त गितलाई सन्स नेपालको युटुव च्यानलमा हेर्न तथा सुन्न सकिन्छ । उक्त गीतको संगित र शब्द संयोजन गायक दाहालको रहेको छ ।

गीत शब्द र संगीत धेरै मिठो र शब्द कमेडी छन् । यस गीतलाई एक पटक सुन्न आग्रह गर्दै केही कमी कमजोरी छन भने औलाउन आग्रह गर्दै आगामी दिनमा अझ उत्कृष्ट गीत निकाल्ने उनको विचार रहेको गायक दाहाल बताउन्छन् ।

उनको यो चौथो एल्बम हो । गायक दाहालको अर्को राष्ट्र भक्तले ओतप्रोत भएको गीत मलाई भने सिङ्गै नेपाल हेर्ने रहर थियो पनि भिडियो भैसकेको छ । उक्त गीत चाडै बजारमा आउने गायक दाहालले दैनिकीन्युजलाई बताए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १०, २०७४ /Thursday, February 22nd, 2018, 7:46 pm