ओप्पोद्वारा ‘पर्फेक्ट कम्पानियन कन्टेस्ट’का विजेतालाई पुरस्कार हस्तान्तरण

ओप्पोले पर्फेक्ट कम्पानियन सेल्फी कन्टेस्टका विजेताहरु घोषणा तथा पुरस्कार हस्तान्तरण गरेको छ। ओप्पोले भ्यालेन्टाइन डेको अवसर पारेर पर्फेक्ट कम्पानियन सेल्फी कन्टेस्ट सञ्चालन गरेको थियो ।

यस कन्टेस्टमा सुजिता तन्डुकार श्रेष्ठ, डार्विन सुवाल र जनम नेक्सन थापालाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुले ओप्पोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

ओप्पोको पर्फेक्ट कम्पानियन सेल्फी कन्टेस्टमा सहभागी हुनका लागि आफ्ना प्रियजनहरुसँग सेल्फी खिची #CaptureTheRealYou #OPPOF5DashingBlue का साथ Dashing Blue limited edition को भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो।

प्रकाशित मिति: बुधबार, फाल्गुन ९, २०७४ /Wednesday, February 21st, 2018, 10:25 pm